काठमाण्डु- गायिका एलिना चौहानले आफ्नो निजी जीवन र विगतका सम्बन्धलाई लिएर समाचार तथा सामाजिक सञ्जालमा भइरहेका चर्चाप्रति आपत्ति जनाएकी छन्। विशेषगरी विष्णु सापकोटासँगको विवाह र त्यसपछि भएको सम्बन्धविच्छेदलाई लिएर पटकपटक समाचार तथा सामग्री प्रकाशित भइरहेको भन्दै उनले सञ्चारकर्मी तथा मिडियाकर्मीलाई आफ्नो वर्तमान जीवनमा बाँच्न दिन आग्रह गरेकी छन्। चौहानले सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो विगतलाई बारम्बार