त्रिपुरेश्वर बस आगजनी प्रतिवेदन: सडकको सामान्य विवाददेखि चालकको आत्म दाहसम्मका साढे दुई घण्टा

  • शुक्रबार​ १६ असो २०८३ १०:०३ PM
काठमाडौँ । असोज ५ गते सोमबार काठमाडौँको त्रिपुरेश्वरस्थित सडकमा घटेको बा ५ ख ४२७४ नम्बरको सार्वजनिक बस आगजनी र चालकको दुखद मृत्युको घटनाले सिङ्गो उपत्यकाको यातायात क्षेत्रलाई स्तब्ध बनाएको थियो । रिद्धिसिद्धि यातायात प्रालि अन्तर्गत सञ्चालित उक्त बसका २५ वर्षीय चालक अर्जुन दोङ (दावा लामा) ले ट्राफिक प्रहरीसँगको विवादका क्रममा गाडीभित्रै आफैँमाथि पेट्रोल छर्की आगजनी गर्दा उपचारका क्रममा सोही दिन ज्यान गुमाएका थिए । यस संवेदनशील घटनाको सत्य तथ्य पत्ता लगाउन काठमाडौँका सहायक प्रमुख जिल्ला अधिकारी कृष्ण गैरेको संयोजकत्वमा गठित सात सदस्यीय छानबिन समितिले आफ्नो विस्तृत अनुसन्धान सम्पन्न गरी काठमाडौँका प्रमुख जिल्ला अधिकारी (सिडिओ) इश्वराज पौडेलसमक्ष प्रतिवेदन बुझाएको  छ । प्रतिवेदनले घटनाको कारण, दुई घण्टा २४ मिनेट लामो समय रेखा, चालकको मनोवैज्ञानिक अवस्था, सरोकारवालाका धारणा र भावी सुधारका लागि दूरगामी सिफारिस गरेको छ । बिहानको यात्रादेखि सडकको अवरोधसम्म: कसरी सुरु भयो विवाद