माछापुच्छ्रे बैंकले सार्वजनिक गर्‍यो ग्राहक सेवामुखी च्याटबोट ‘माया’

  • शुक्रबार​ १६ असो २०८३ ०४:१९ PM
काठमाडौं । माछापुच्छ्रे बैंकले ग्राहकलाई थप स्मार्ट, सहज तथा ग्राहककेन्द्रित बैंकिङ सेवा उपलब्ध गराउने उद्देश्यले नयाँ ग्राहक सेवामुखी च्याटबोट ‘माया’ औपचारिक रूपमा सार्वजनिक गरेको छ। बैंकको आधिकारिक वेबसाइटमा ‘माया’को आइकन राखिएको छ। ग्राहकले उक्त च्याटबोटमार्फत विभिन्न बैंकिङ सेवासम्बन्धी जिज्ञासा तथा जानकारी च्याटमार्फत प्राप्त गर्न सक्ने बैंकले जनाएको छ। ग्राहकलाई प्राथमिकतामा राखेर विकास गरिएको ‘माया’ एक अन्तरक्रियात्मक डिजिटल प्लेटफर्म हो। नियमित बैंकिङसम्बन्धी जानकारी लिन शाखा कार्यालय पुग्नुपर्ने वा बैंकका कर्मचारीसँग प्रत्यक्ष सम्पर्क गर्नुपर्ने आवश्यकतालाई कम गर्दै आवश्यक जानकारी सहज र छिटो उपलब्ध गराउने उद्देश्यले च्याटबोट सञ्चालनमा ल्याइएको बैंकको भनाइ छ। बैंकका अनुसार ‘माया’को सुरुवातले ... The post माछापुच्छ्रे बैंकले सार्वजनिक गर्‍यो ग्राहक सेवामुखी च्याटबोट ‘माया’ appeared first on Kalika Khabar.