काठमाण्डु– रसुवामा बाढीका कारण क्षतिग्रस्त गल्छी–बेत्रावती सडकखण्डमा अस्थायी ट्र्याक खुलेसँगै बेत्रावतीमा बेलिब्रिज जडानको काम सुरु भएको छ । पूर्वाधार विकासमन्त्री सुनिल लम्सालका अनुसार अस्थायी ट्र्याक खोल्ने कार्यसँगै बेलिब्रिज निर्माणका लागि आवश्यक फाउन्डेसन निर्माणको कामसमेत अघि बढाइएको थियो । हाल बेलिब्रिजका दुवैतर्फका फाउन्डेसन निर्माण सम्पन्न भइसकेका छन् । अस्थायी ट्र्याक सञ्चालनमा आएपछि बेलिब्रिज निर्माण सामग्री निर्माणस्थलसम्म