काठमाण्डु– काठमाण्डु सभामुख डोलप्रसाद अर्यालले विदेश भ्रमणकै लागि संसद् बैठक बन्द गरेर जान लागेको भन्ने केही सञ्चारमाध्यमको टिप्पणीप्रति आपत्ति जनाएका छन्। शुक्रबार अन्तर व्यवस्थापिका सङ्घ (आईपीयू)को १५३औँ महासभामा सहभागी हुन तान्जानिया जाने जानकारी गराउँदै उक्त टिप्पणीप्रति असन्तुष्टि जनाएका हुन्। उनले सञ्चारमाध्यमलाई तथ्यमा आधारित सूचना सम्प्रेषण गर्न र अफवाह फैलिने खालका समाचार प्रकाशन नगर्न आग्रह गरेका