नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीले पछिल्लो समय भोगेको राजनीतिक धक्काबाट विचलित नभई पुनः बलियो भएर अघि बढ्ने संकल्प गर्न आह्वान गरेका छन्। शुक्रबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा नवनियुक्त केन्द्रीय कमिटीका सदस्यलाई शपथ ग्रहण गराउँदै अध्यक्ष ओलीले सानातिना कुरा, अहम् र अनावश्यक विवाद त्यागेर पार्टीको महान उद्देश्यमा केन्द्रित हुन निर्देशन दिएका