काठमाडौं । आम जनता पार्टी (आजपा) ले आन्दोलनको घोषणा एवं तयारीबारेमा छलफल गर्नका लागि केन्द्रीय कमिटी बैठकको आह्वान गरेको छ । काठमाडौंको कमलादी स्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा आइतबार (१८ असोज)मा केन्द्रीय कमिटीको बैठक बस्न लागेको आजपा प्रवक्ता सुभाष साहले जनाएका छन् । पार्टीको आगामी कार्ययोजनाको रुपरेखा तय गर्न भनिएको बैठकले आगामी आन्दोलनको तयारी बारेमा समेत महत्वपूर्ण निर्णय गर्दैछ । सरकारको कामकारवाहीको समिक्षा सहित अध्यक्ष प्रभु साहले प्रस्तुत गर्ने राजनीतिक प्रतिबेदन सहित समसामयिक बिषयमा महत्वपूर्ण निर्णय हुने प्रवक्ता साहले जनाएका छन् । यसैगरी बैठकमा विदेशी एजेण्टहरुबाट देश बचाउन, सैनिक हस्तक्षेपबाट लोकतन्त्र जोगाउन, फेक शासनको ... The post आन्दोलनको तयारीबारे छलफल गर्न आजपाले बोलायो केन्द्रीय कमिटी बैठक appeared first on Kalika Khabar.