काठमाण्डु- प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले गत भदौदेखि असोज १६ गतेसम्म भएका कार्यप्रगति विवरण सार्वजनिक गरेको छ। कार्यालयले नियमित साप्ताहिक प्रेस ब्रिफिङ पुनः सुरु गर्दै विपद् व्यवस्थापन, सुशासन, सेवा प्रवाह, नीति कार्यान्वयनदेखि ‘हेलो सरकार’सम्मका प्रगति सार्वजनिक गरेको हो। सिंहदरबारमा शुक्रबार आयोजित प्रेस ब्रिफिङमा कार्यालयका प्रवक्ता सहसचिव हेमराज अर्यालले पछिल्लो कार्यप्रगति सार्वजनिक गरे। रसुवाको भोटेकोशीमा भदौ १०