काठमाण्डु- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद भरत पराजुलीले प्रधानमन्त्री तथा मन्त्रीहरूको सचिवालयमा कार्यरत सदस्यलाई काम र जिम्मेवारीअनुसार उचित सेवा–सुविधा उपलब्ध गराउन सरकारसँग माग गरेका छन्। शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद पराजुलीले प्रधानमन्त्री तथा मन्त्रीहरूको सचिवालयमा कार्यरत कर्मचारीको काम गर्ने समय निश्चित नभए पनि त्यसअनुसार सेवा–सुविधा नपाएको बताए। उनले नियमित कर्मचारीको कार्यालय आउने र जाने