सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सचेतक प्रकाशचन्द्र परियारले हिमाली क्षेत्रमा ‘डोजरे विकास’का नाममा जथाभावी सडक निर्माण नगर्न सरकारको ध्यानाकर्षण गराएका छन्। शुक्रबार प्रतिनिधिसभाको विशेष समयमा बोल्दै परियारले ‘पूर्व–पश्चिम हिमाली पर्यटकीय राजमार्ग’ निर्माण गर्दा सयौँ वर्ष पुराना पदमार्ग र हिमाली पर्यटनको मौलिकता नष्ट हुन सक्ने बताए। सरकारले ‘पूर्व–पश्चिम हिमाली पर्यटकीय राजमार्ग’ को अध्ययनका लागि ४