प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले परिकल्पना गरेजस्तै हिमाली भेगका १६ जिल्लाको पर्यटकीय स्थललाई जोड्दै महत्वकांक्षी पूर्व–पश्चिम हिमाली पर्यटकीय राजमार्ग बन्ने भएको छ । चुनावी प्रचार प्रचारको क्रममा गत् फागुन ६ गते धनगढी पुगेका शाहले राष्ट्रिय स्वतन्त्र पार्टीको चुनावी कार्यक्रम ‘उद्घोष सभा’ लाई सम्बोधन गर्दै युरोपलाई बिर्साउने गरी हिमाली भेगका पर्यटकीय स्थल संसारकै उत्कृष्ट पर्यटकीय गन्तव्य बन्न