सीमा सुरक्षा र सुशासनमा कडा बन्न सशस्त्रलाई आईजीपी पौडेलको निर्देशन

  • शुक्रबार​ १६ असो २०८३ ११:५४ AM
काठमाण्डु– सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले संगठनभित्र गलत काम गर्ने जोसुकैलाई पनि छुट नदिइने बताउँदै सशस्त्र प्रहरी कर्मचारीलाई जनताको दुःखका साथी बनेर काम गर्न निर्देशन दिएका छन्। शुक्रबार कोशी प्रदेशस्थित सीमा क्षेत्रको निरीक्षण भ्रमणका क्रममा महानिरीक्षक पौडेलले राज्यले सुम्पिएको जिम्मेवारी र संगठनको म्यान्डेटलाई अक्षरशः तथा व्यावसायिक ढंगले पूरा गर्न कमाण्डर तहका अधिकृतहरूलाई निर्देशन दिएका हुन्।