काठमाडौं- आइतबारदेखि काठमाडौंको खुलामञ्चमा सुरू हुन लागेको १५ औँ महाधिवेशनबाट नेपाली कांग्रेसको सभापति पदमा गगन थापा सर्वसम्मत चयन हुने सम्भावना बलियो भएको छ। उपसभापति र महामन्त्रीसहितका पदमा बलियो प्रतिस्पर्धा भए पनि सभापति पदमा गगनलाई अरू कसैले चुनौती दिने अवस्था नरहेको प्रवक्ता देवराज चालिसेले बताएका छन्। शुक्रबार पत्रकारहरूसँगको भेटघाटका क्रममा कांग्रेस प्रवक्ता चालिसेले थापालाई पार्टीको नेतृत्वमा