काठमाडौं । माछापुच्छ्रे बैंकले ग्राहकलाई बैंकिङ सेवासम्बन्धी जानकारी सहज रूपमा उपलब्ध गराउन ‘माया’ नामको च्याटबोट सार्वजनिक गरेको छ । बैंकको वेबसाइटमा उपलब्ध ‘माया’ च्याटबोटमार्फत ग्राहकले बैंकका विभिन्न सेवा तथा सुविधाबारे जानकारी लिन सक्नेछन् । यसबाट सामान्य बैंकिङ जानकारीका लागि शाखामा पुग्नुपर्ने वा कर्मचारीसँग प्रत्यक्ष सम्पर्क गर्नुपर्ने आवश्यकता कम हुने बैंकले जनाएको छ । ‘माया’ ग्राहकलाई