काठमाडौं । पोर्चुगलमा रहेका नेपाली समुदायलाई लक्षित गर्दै गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् पोर्चुगलको कार्यालय आगामी ४ अक्टोबरदेखि राजधानी लिस्बोनमा सञ्चालनमा आउने भएको छ । पोर्चुगलको राष्ट्रिय तथ्याङ्क संस्थान (आईएनई) को तथ्याङ्कअनुसार सन् २०२५ मा पोर्चुगलमा नेपाली नागरिकको संख्या ५६ हजार ८ सय ६६ पुगेको छ । यो पोर्चुगलमा रहेका आप्रवासीमध्ये पाँचौँ ठूलो