काठमाडौंमा चाडपर्वलक्षित विशेष सुरक्षा योजना लागू, ३ हजार ५०६ प्रहरी परिचालन हुने

  • शुक्रबार​ १६ असो २०८३ १२:०८ PM
काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले दसैं, तिहार तथा छठ पर्वलाई लक्षित गर्दै विशेष सुरक्षा योजना २०८३ लागू गरेको छ । परिसरले शुक्रबारदेखि लागू गरेको सुरक्षा योजना आगामी कात्तिक ३० गतेसम्म सञ्चालन हुने जनाएको छ । भद्रकालीस्थित परिसर कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा काठमाडौंका एसएसपी दिलीप घिमिरेले चाडपर्वका समयमा हुनसक्ने आपराधिक गतिविधि रोकथाम तथा नागरिकको सुरक्षा