सशस्त्र प्रहरी महानिरीक्षक नारायण दत्त पौडेलले कर्तव्य पालनाका सिलसिलामा वीरगती प्राप्त गरेका सशस्त्र प्रहरी कर्मचारीको परिवारसँग भेटघाट गरेका छन् । नं. १ बराह वाहिनी मातहत कार्यालयहरुको अवलोकन भ्रमणका क्रममा उनले कर्तव्य पालनाको सिलसिलामा तत्कालीन माओवादी विद्रोहीहरुको भिडन्तमा दाङको धनौरीमा २०६१ साल असार २० गते वीरगती प्राप्त गरेका सहिदका परिवारसँग भेटघाट गरेका हुन् । भेटघाटका क्रममा