काठमाडौं । मुक्तिनाथ विकास बैंकले आफ्ना ग्राहकलाई थप सेवा तथा सुविधा उपलब्ध गराउने उद्देश्यले ललितपुरको बालकुमारीस्थित एथलेट ल्यान्ड एन्ड ट्रेनिङ क्लबसँग विभिन्न सेवामा विशेष छुट प्रदान गर्ने सम्बन्धमा व्यावसायिक सम्झौता गरेको छ। सम्झौताअनुसार मुक्तिनाथ विकास बैंकका ग्राहकले उक्त क्लबमा उपलब्ध विभिन्न सेवा तथा सुविधामा ७.५० प्रतिशतदेखि १७.५० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन्। एथलेट ल्यान्ड एन्ड ट्रेनिङ क्लबमा एमएमए, बक्सिङ, एडभान्स्ड कार्डियो, ग्रुप फिटनेस क्लासेस, जुम्बा तथा योगा लगायतका सेवा उपलब्ध छन्। साथै, वर्कआउटपछि आराम तथा रिल्याक्सेसनका लागि साउना सुविधासमेत रहेको जनाइएको छ। उक्त छुट तथा सुविधा प्राप्त गर्न बैंकका ग्राहकले मुक्तिनाथ विकास बैंकको ... The post मुक्तिनाथ विकास बैंकका ग्राहकलाई एथलेट ल्यान्ड एन्ड ट्रेनिङ क्लबमा १७.५० प्रतिशतसम्म छुट appeared first on Kalika Khabar.