नेतन्याहूको दाबी : कट्टरपन्थी विचारबाट प्रभावित को-पाइलटले फ्लाईदुबईको विमान दुर्घटना गराउन खोजेका थिए

  • शुक्रबार​ १६ असो २०८३ १०:२७ AM
तेलअभिभ- इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले केही दिनअघि फ्लाईदुबईको विमानभित्र पाइलटलाई चक्कु प्रहार गरेको आरोप लागेका ओमानी को-पाइलट इस्लामिक कट्टरपन्थी विचारधाराबाट प्रभावित रहेको दाबी गरेका छन्। अमेरिकी च्यानल फक्स न्युजसँग कुरा गर्दै नेतन्याहूले अनुसन्धानबाट आरोपीमा यहूदीविरोधी र कट्टरपन्थी विचारधाराको प्रभाव देखिएको बताएका छन्। आरोपी ती को-पाइलटले विमान नियन्त्रणमा लिएर दुर्घटना गराउने प्रयास गरेको हुनसक्ने देखिएको दाबी