काठमाण्डु- करदाता प्रोत्साहन उपहार कार्यक्रमअन्तर्गत असोज १ देखि १५ गतेसम्मको १० लाख रुपैयाँको बम्पर पुरस्कार पर्साका लालबाबु साह कानुलाई परेको छ । अर्थ मन्त्रालयमा शुक्रबार आयोजित कार्यक्रममा प्रतिनिधिसभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिका सभापति सुम्निमा उदास तथा प्रतिनिधिसभा सदस्यद्वय गणेश कार्की र सन्तोष राजवंशीले संयुक्त रूपमा असोजमा पहिलो १५ दिनको उपहार घोषणा गरेका हुन् ।