काठमाडौं । नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा ७ हजार ७ सय प्रतिनिधि सहभागी हुने भएका छन्। आज आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता देवराज चालिसेले महाधिवेशनको तयारी अन्तिम अवस्थामा पुगिसकेको जानकारी दिए । महाधिवेशनमा आउने प्रतिनिधिलाई बिहान, दिउँसो र बेलुकाको खाना भृकुटीमण्डपमा व्यवस्था मिलाएको तर बासको व्यवस्था आफैँले गर्नुपर्ने उनले बताएका छन् । यस्तै महाधिवेशनमा कुनै झाँकी एवम् झकिझकाउन नगरिने उनको भनाइ छ । उनले भने, ‘यो अधिवेशन अत्यन्तै मितव्ययी रूपमा सम्पन्न गर्न गइरहेको छ। प्रचारका कुनै झाँकीहरू, तस्बिरहरू, झकिझकाउ धेरै देख्नुहुने छैन। देशमा ठूलो विपत् आएको अवस्थामा हाम्रो बाध्यात्मक अवस्थाको अधिवेशन हो।’ The post कांग्रेस महाधिवेशनमा ७ हजार ७ सय प्रतिनिधि सहभागी हुने appeared first on Kalika Khabar.