मुख्य निर्वाचन आयुक्तकाे राजीनामा माग्दै ‘कक्रोच’ले सुरू गर्‍यो प्रदर्शन

  • शुक्रबार​ १६ असो २०८३ ०९:३० AM
एजेन्सी– भारतमा मतदाता सूचीको ‘विशेष गहन संशोधन’ लाई लिएर विवाद चर्किरहेका बेला ‘कक्रोच’ युवा आन्दोलनले मुम्बईमा प्रदर्शन गरेको छ। शुक्रबार भएको प्रदर्शनमा आन्दोलनकारीहरूले मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारको राजीनामा माग गरेका छन्। उनीहरूले मतदाता सूची संशोधनको प्रक्रियामाथि प्रश्न उठाउँदै निर्वाचन आयोगको जवाफदेहिता र लोकतान्त्रिक संस्थाको पारदर्शिताको विषय पनि उठाएका छन्। अनलाइन अभियानका रूपमा सुरु भएको