काठमाण्डु– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सचेतक प्रकाशचन्द्र परियारले हिमाली क्षेत्रमा विकासका नाममा भइरहेको डोजर आतंकले हिमाली क्षेत्रको पर्यावरणीय सन्तुलत बिग्रिएको टिप्पणी गरेका छन् । प्रतिनिधिसभाको आजको बैठकमा उनले हिमाली नागरिकका लागि सडक पूर्वाधार आवश्यक रहेकामा दुई मत नरहे पनि पर्यटनका नाममा घोषणा गरिएका राजमार्गको रेखाङ्न वैज्ञानिक नहुँदा र रैथाने सोचको संरक्षण हुन नसक्दा यसले