काठमाडौं । मुक्तिनाथ विकास बैंकले आफ्ना ग्राहकलाई थप सुविधा उपलब्ध गराउने उद्देश्यले बालकुमारीस्थित एथलेट ल्यान्ड एन्ड ट्रेनिङ क्लबसँग सम्झौता गरेको छ । सम्झौताअनुसार बैंकका ग्राहकले क्लबका विभिन्न सेवा तथा सुविधामा ७.५ प्रतिशतदेखि १७.५ प्रतिशतसम्म विशेष छुट पाउनेछन् । यो सुविधा लिन बैंकका ग्राहकले मुक्तिनाथ विकास बैंकको डेबिट कार्ड वा मोबाइल बैंकिङ एपमार्फत भुक्तानी गर्नुपर्नेछ ।