काठमाडौं । सरकारले ‘आन्तरिक वायुसेवाको दायित्व सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८३’ मा सांसदहरूले दिएका सुझाव समेट्दै १३ वटा बुँदामा संशोधन गरेको छ । शुक्रबार राष्ट्रिय सभाको बैठकमा विधेयकमाथिको सैद्धान्तिक तथा दफावार छलफलका क्रममा पर्यटनमन्त्री खड्गराज पौडेलले सांसदहरूबाट प्राप्त सुझावका आधारमा विधेयकलाई थप व्यावहारिक र स्पष्ट बनाइएको जानकारी दिए । उनका अनुसार विधेयकमा १५ वटा