काठमाडौं । पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले विद्यमान कानून सुधार गरेर विकास तथा लगानीको वातावरण बनाउन सरकार केन्द्रित रहेको बताएका छन् । शुक्रबार पूर्वाधार विकास मन्त्रालयले आयोजना गरेको ‘नेपाल पूर्वाधार सम्मेलन २०२६ सम्बन्धी लगानी र विकासका लागि कानूनी सुधार’ विषयक कार्यशाला गोष्ठीमा बोल्दै मन्त्री लम्सालले कानून सुधारलाई प्राथमिकता दिइएको बताए । उनले कानूनअनुसार राज्यको प्रणाली सञ्चालन