काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवालले पूर्वाधार विकासमार्फत नेपालको आर्थिक विकास र प्रतिस्पर्धात्मक क्षमता बढाउन कानुनी तथा नीतिगत सुधार आवश्यक रहेको बताएका छन् । शुक्रबार पूर्वाधार विकास मन्त्रालयले आयोजना गरेको लगानी तथा विकासका लागि कानुनी सुधारसम्बन्धी कार्यशालामा बोल्दै अग्रवालले पूर्वाधार निर्माणसँग सम्बन्धित कानुनी प्रक्रिया सरल, स्पष्ट र पारदर्शी बनाउनुपर्ने बताए ।