ठुलीभेरी नदीको किनारमा अवस्थित डोल्पाको सदरमुकाम दुनैमा लगातारको वर्षा र कुहिरोपछि मौसम खुलेसँगै प्राकृतिक सौन्दर्य छताछुल्ल भएको छ । हरिया डाँडापाखा, सफा आकाश, कलकल बगिरहेको ठुली भेरी नदी र टाढा देखिने हिमाली दृश्यले दुनैको आकर्षण थपिएको छ । भेरी कोरिडोर हुँदै जाजरकोटबाट डोल्पा प्रवेश गर्ने पर्यटकका लागि दुनै पहिलो प्रमुख गन्तव्य हो । जिल्लाका सरकारी