काठमाडौं । नेकपा (एमाले) ले आत्मसमर्पण गरेको नभई निर्वाचन परिणाम स्वीकार गरेको बताएका छन् । आजको प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’ले २१ फागुनको निर्वाचनमा पार्टीले कानुनी रूपमा पराजय स्वीकार गरे पनि राजनीतिक रूपमा आत्मसमर्पण नगरेको बताएका हुन् । ‘पराजयको स्वीकारोक्ति आत्मसर्पण होइन । म यो संसदमा एमालेको राजनीतिक अडान पुनः स्पष्ट गर्न चाहन्छु,’ थापाले भने । The post पराजयको स्वीकारोक्ति गरेका हौँ, आत्मसमर्पण होइन : एमाले appeared first on Kalika Khabar.