जलवायु संकट सिर्जना गर्न नेपालको भूमिका नगण्य भए पनि यसको भार नेपालीले बेहोर्नुपरेको छ : परराष्ट्रमन्त्री खनाल

  • शुक्रबार​ १६ असो २०८३ ०७:१६ AM
काठमाण्डु – परराष्ट्रमन्त्री शिशिर खनालले जलवायु न्यायलाई नारामा मात्र सीमित नराखी व्यवहारमा कार्यान्वयन गर्नुपर्नेमा जोड दिएका छन् । काठमाडौं क्लाइमेट विक–२०२६’ लाई शुक्रबार सम्बोधन गर्दै परराष्ट्रमन्त्री खनालले जलवायु परिवर्तनबाट सिर्जित संकटको सामना गर्न नेपाललाई नयाँ, सहज पहुँचयोग्य र अनुदानमा आधारित जलवायु वित्त उपलब्ध गराउन अन्तर्राष्ट्रिय समुदायसँग आग्रह गरे । उनले जलवायु परिवर्तन नेपालको विकास, कृषि,