राष्ट्रिय वाणिज्य बैंकद्वारा घर तथा सवारी कर्जामा चाडपर्व लक्षित अफर घोषणा

  • शुक्रबार​ १६ असो २०८३ ०८:१० AM
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले दशैँ, तिहार र छठ पर्वलाई लक्षित गर्दै विभिन्न कर्जामा विशेष अफर सार्वजनिक गरेको छ । अफरअन्तर्गत बैंकले घर कर्जामा ५.५१ प्रतिशत ब्याजदरमा ३ करोड रुपैयाँसम्म कर्जा उपलब्ध गराउने भएको छ । घर तथा जग्गा खरिद, घर निर्माण र घडेरी खरिदका लागि लिन सकिने यो कर्जाको अवधि २० वर्षसम्म रहनेछ ।