वीरगञ्जको नेशनल मेडिकल कलेजमा ‘नक्कली फ्याकल्टी र बिरामी’ बनाएर पीजी सिट लिएको सांसद अन्सारीको आरोप

  • शुक्रबार​ १६ असो २०८३ ०७:४८ AM
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद रहबर अन्सारीले वीरगञ्जस्थित नेशनल मेडिकल कलेजमा नक्कली फ्याकल्टी र बिरामी देखाएर चिकित्सा शिक्षा आयोगको निरीक्षणमा अनियमितता गरिएको आरोप लगाएका छन्। शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद अन्सारीले विगत १० दिनदेखि नेशनल मेडिकल कलेजमा अध्ययनरत पोस्ट ग्र्याजुएट (पीजी) विद्यार्थीहरू आन्दोलनरत रहेको बताए। उनका अनुसार १० दिनअघि पीजी विद्यार्थीहरूलाई होस्टेल खाली गर्न,