काठमाडौं । नेपालमा भदौ १० गते आएको विनाशकारी बाढीबाट प्रभावित समुदायको राहत तथा पुनर्स्थापना प्रयासमा सहयोग पुर्याउने उद्देश्यले होण्डा कम्पनीले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक लाख अमेरिकी डलर सहयोग गरेको छ। होण्डा कम्पनीको एसिया तथा ओसियाना क्षेत्रीय मुख्यालय एसियन होण्डा मोटर कम्पनी लिमिटेडले थाई रेडक्रस सोसाइटीमार्फत उक्त आर्थिक सहयोग प्रदान गरेको हो। कम्पनीले बाढीका कारण ज्यान गुमाएका परिवार तथा प्रभावित समुदायप्रति गहिरो समवेदना व्यक्त गरेको छ। साथै, बाढीबाट प्रभावित नागरिकहरूको शीघ्र स्वास्थ्यलाभ तथा जनजीवनको पुनःस्थापनाको कामना गरेको जनाएको छ। होण्डाको यो सहयोग बाढी प्रभावित क्षेत्रमा राहत, पुनर्स्थापना तथा प्रभावित समुदायको जनजीवन सामान्य ... The post बाढीपीडितको राहत तथा पुनर्स्थापनाका लागि होण्डाद्वारा एक लाख डलर सहयोग appeared first on Kalika Khabar.