एमाले नेता ज्ञवालीको प्लेटलेट घटेर ४० हजारमा झरेपछि अस्पताल भर्ना

  • शुक्रबार​ १६ असो २०८३ ०६:१७ AM
काठमाण्डु– एमाले नेता एवं पूर्वपरराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई डेंगी संक्रमण भएको छ । संक्रमणसँगै स्वास्थ्य गम्भीर भएपछि उनलाई नयाँबानेश्वरस्थित एभरेस्ट अस्पतालमा भर्ना गरिएको पारिवारिक स्रोतले जनाएको छ । स्रोतका अनुसार उनको प्लेटलेटको मात्रा घटेर ४० हजार ‘प्रतिमाइक्रोलिटर’ मा झरेको छ । स्वस्थ वयस्क मानिसको रगतमा सामान्यतया १ लाख ५० हजारदेखि ४ लाख ५० हजार प्रतिमाइक्रोलिटर प्लेटलेट