काठमाण्डु- नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा आफ्नो समूहले आगामी मंसिर तेस्रो साता गर्न लागेको १५औँ महाधिवेशनका लागि गृहजिल्ला डडेल्धुराबाट सर्वसम्मत क्षेत्रीय प्रतिनिधि बनेका छन्। गृहपालिका गन्यापधुरा गाउँपालिका–१ मा भएको आफ्नो समूहको वडा अधिवेशनबाट देउवा सर्वसम्मत क्षेत्रीय प्रतिनिधि चयन भएका वडा सभापति पदम महताले बताए । उता गन्यापधुरा-१ को वडा अधिवेशनबाट देउवाका स्वकीय सचिव भानु देउवासमेत