कांग्रेस प्रमुख सचेतक परियार महाधिवेशन प्रतिनिधिमा पराजित, भन्छन्- ‘पद क्षणिक, निष्ठाको राजनीति निरन्तर रहन्छ’

  • शुक्रबार​ १६ असो २०८३ ०६:३३ AM
काठमाण्डु- नेपाली कांग्रेसको आसन्न १५औँ महाधिवेशनअन्तर्गत दलित समानुपातिकतर्फ महाधिवेशन प्रतिनिधिको निर्वाचनमा राष्ट्रिय सभा सदस्य तथा कांग्रेसका प्रमुख सचेतक पदमबहादुर परियार पराजित भएका छन्। उनले हार भोगेपछि आफूलाई प्राप्त मत र समर्थनप्रति धन्यवाद दिएका छन्। पार्टीको निर्वाचन परिणामले आफूलाई निराश वा विचलित नबनाएको परियारले बताए। उनले कुनै गुट वा उपगुटको पक्षमा नलागी लोकतान्त्रिक विधि र पद्धतिअनुसार