काठमाडौं । उच्च ब्याजदरको ऋणभार, जहाज विस्तारमा ढिलाइ र दक्ष प्राविधिक जनशक्तिको अभावका कारण नेपाल वायुसेवा निगम संकटमा परेको छ । शुक्रबार प्रतिनिधि सभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिमा निगमका निमित्त महाप्रबन्धक जनकराज कालाखेतीले निगमको आर्थिक तथा व्यावसायिक अवस्था चुनौतीपूर्ण रहेको जानकारी दिए । उनका अनुसार कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषबाट लिएको