बालेनको सचिवालयमा २५ कर्मचारी, मन्त्रीसरह सुविधा पाउने तीन जना, कसले लिन्छन् कुन तहको सुविधा ?

  • शुक्रबार​ १६ असो २०८३ ११:५५ AM
काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले प्रधानमन्त्री बालेन साहको सचिवालयमा कार्यरत २५ जना कर्मचारीको विवरण सार्वजनिक गरेको छ। कार्यालयले आफ्नो वेबसाइटमार्फत उनीहरूको पद तथा पाउने सेवा-सुविधासहितको विवरण सार्वजनिक गरेको हो । सार्वजनिक विवरणअनुसार प्रधानमन्त्री साहको सचिवालयमा कार्यरत तीन जनाले मन्त्रीसरह र दुई जनाले राज्यमन्त्रीसरहको सुविधा पाउनेछन् । मन्त्रीसरहको सुविधा पाउनेमा अवैतनिक मुख्य सल्लाहकार कुमा व्यञ्जनकार, राजनीतिक सल्लाहकार असीम शाह र अवैतनिक स्वास्थ्य सल्लाहकार प्रा