नेपाल एयरलाइन्सको अवस्थाप्रति पर्यटनमन्त्री असन्तुष्ट, भने- जहाज थप्दैमा संस्था नाफामा जान सक्दैन

  • शुक्रबार​ १६ असो २०८३ ०५:१६ AM
काठमाण्डु- संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड्कराज पौडेलले राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमको चरम अव्यवस्थापन र कमजोर वित्तीय अवस्थालाई लिएर गम्भीर असन्तुष्टि जनाएका छन् । प्रतिनिधिसभाअन्तर्गतको अन्तर्राष्ट्रिय तथा पर्यटन समितिको शुक्रबार बिहान बसेको बैठकमा निगमको अवस्था, समस्या र सुधारका उपायबारे छलफलका क्रममा मन्त्री पौडेलले निगमको कार्यशैली र व्यवस्थापनलाई लिएर असन्तुष्टि पोखेका हुन्। मन्त्री पौडेलले