प्रधानमन्त्रीको सचिवालयले सार्वजनिक गर्‍यो २५ सदस्यीय टिमको नाम

  • शुक्रबार​ १६ असो २०८३ ०५:५३ AM
काठमाण्डु – प्रधानमन्त्री बालेन शाहको सचिवालयले २५ जना कर्मचारी तथा सल्लाहकारहरूको विवरण सार्वजनिक गरेको छ। प्रधानमन्त्रीको सचिवालयमा सल्लाहकारदेखि स्वकीय सचिवालयका विभिन्न पदमा २५ जना नियुक्त रहेको विवरण सार्वजनिक गरेको हो । प्रधानमन्त्रीको कार्यालयका अनुसार तीनजनालाई मन्त्रीसरह र दुईजनालाई राज्यमन्त्रीसरहको सेवासुविधा पाउने गरी नियुक्त गरिएको छ। अवैतानिक मुख्य सल्लाहकार कुमार ब्यञ्जनकार, राजनीतिक सल्लाहकार असिम शाह र