काठमाण्डु- समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले चारवटा समस्याग्रस्त सहकारी संस्थाका २२३ जना बचतकर्तालाई बचत रकम फिर्ता गरेको छ। समितिका अनुसार शिवशिखर, कान्तिपुर, कृषि विकास र गोर्खा सहकारीका साना बचतकर्तालाई पहिलो चरणमा उनीहरूको रकम फिर्ता गरिएको हो। समस्याग्रस्त सहकारीबाट ऋण असुली तथा सम्पत्ति व्यवस्थापनबाट प्राप्त रकमबाटै सम्बन्धित सहकारीका पीडित बचतकर्तालाई बचत फिर्ता गरिएको समितिले जनाएको छ। सरकारले