दशैँको शुभकामना दिँदै सांसद ध्रुव राईले रास्वपा सांसदहरूलाई भने- ‘यो बीचमा आफ्नो सरकार आफैँ नढाल्नुहोला’

  • शुक्रबार​ १६ असो २०८३ ०६:११ AM
काठमाण्डु- श्रम संस्कृति पार्टीका सांसद ध्रुवराज राईले सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई आफ्नो सरकार आफैँ नढाल्न सुझाव दिएका छन्। शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्ने क्रममा सांसद राईले दशैँको शुभकामना दिँदै रास्वपाले पाएको राजनीतिक शक्तिलाई जोगाएर सरकारलाई पाँच वर्ष टिकाउन आग्रह गरे। उनले बर्खे अधिवेशनमा जनताका तर्फबाट उठाइएका प्रश्नको जवाफ पाउन नसकेको पनि बताएका छन्। त्यसलाई नकारात्मक