कैलाली । कैलालीमा बाघको आक्रमणबाट एकजनाको मृत्यु भएको छ । गौरीगंगा नगरपालिका–६ मोयास्थित भैरव महिला सामुदायिक वनमा आज बिहान बाघको आक्रमणबाट स्थानीय ४० वर्षीय कृष्ण चौधरीको मृत्यु भएको हो । प्रहरीका अनुसार चौधरीसहित तीनजना बिहान करिब ५ बजे च्याउ टिप्न सामुदायिक वनमा गएका थिए । च्याउ टिप्ने क्रममा बाघले चौधरीमाथि आक्रमण गरेको थियो । बाघको