काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ हजार ५ सय रुपैयाँले बढेको हो । अघिल्लो दिन २ लाख ९३ हजार ३ सय रुपैयाँमा कारोबार भएको सुन आज १५ सय रुपैयाँले बढेर २ लाख ९४ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ ।