काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले ५० करोड रुपैयाँको ‘अल्फा प्लस सूर्यज्योति फण्ड’ सञ्चालनमा ल्याएको छ । कम्पनीले फण्ड सञ्चालनका लागि नेपाल धितोपत्र बोर्डबाट कोष दर्ता तथा निष्काशनको प्रमाणपत्र प्राप्त गरेको जनाएको छ । फण्डको व्यवस्थापन तथा लगानी कार्यान्वयनको जिम्मेवारी अल्फा प्लस भेन्चर्स लिमिटेडले सम्हाल्नेछ । कम्पनीका अनुसार नेपाली बीमा क्षेत्रमा आफ्नै नाममा विशेष फण्ड