पुटिनले दिए परमाणु हतियार प्रयोगको चेतावनी

  • शुक्रबार​ १६ असो २०८३ ०४:१७ AM
काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनसँग लामो दूरीका प्रहार रोक्ने गरी युद्धविराम गर्ने प्रस्ताव अस्वीकार गरेका छन् । उनले कालिनिनग्रादमाथि प्रत्यक्ष खतरा उत्पन्न भए परमाणु हतियार समेत प्रयोग गर्न सकिने चेतावनी दिएका छन् । बिहीबार मस्कोमा आयोजित भल्दाई राजनीतिक मञ्चमा पुटिनले युक्रेनले रुसी तेल प्रशोधन केन्द्रमाथिको आक्रमण रोक्ने र त्यसको बदलामा रुसले युक्रेनी जहाजमाथि हमला नगर्ने प्रस्तावलाई ‘हास्यास्पद’ बताए । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उनका युक्रेनी समकक्षी भोलोदिमिर जेलेन्स्कीबीच सेप्टेम्बर २२ मा भएको भेटपछि यस्तो प्रस्ताव अघि सारिएको थियो । पुटिनले युक्रेनका ऊर्जा पूर्वाधारमाथि रुसले पनि प्रहार गरिरहेको स्वीकार गरे । ... The post पुटिनले दिए परमाणु हतियार प्रयोगको चेतावनी appeared first on Kalika Khabar.