एक वर्षमा जडीबुटीबाट जाजरकोटबासीले कमाए २९ करोड बढी

  • शुक्रबार​ १६ असो २०८३ ०४:२२ AM
सुर्खेत । जाजरकोटका स्थानीय बासिन्दाले जडिबुटी संकलनबाट एक वर्षमै २९ करोड रुपैयाँभन्दा बढी आम्दानी गरेका छन् । जिल्लाबाट ३७ प्रजातिका जडिबुटी निकासी हुँदा ग्रामीण अर्थतन्त्रको महत्वपूर्ण आधारका रूपमा रहेको जडिबुटीले स्थानीयको जीविकोपार्जन र रोजगारीमा योगदान पुर्‍याएको छ । जिल्ला समन्वय समिति जाजरकोटले असोज १२ र १३ गते आयोजना गरेको सरकारी तथा गैरसरकारी कार्यालयहरूको वार्षिक प्रगति समीक्षा गोष्ठीमा डिभिजन वन कार्यालयले प्रस्तुत गरेको विवरणअनुसार आर्थिक वर्ष २०८२/८३ मा जडिबुटी संकलनबाट स्थानीय समुदायले २९ करोड रुपैयाँभन्दा बढी आम्दानी गरेका हुन् । डिभिजन वन अधिकृत दीपेश केसीले गोष्ठीमा वन अतिक्रमण नियन्त्रण, वन डढेलो व्यवस्थापन, बिरुवा उत्पादन, ... The post एक वर्षमा जडीबुटीबाट जाजरकोटबासीले कमाए २९ करोड बढी appeared first on Kalika Khabar.