काठमाडौं । नेपाल महिला चेम्बरले आगामी भोलि (असोज १७ गते ) शनिबारदेखि काठमाडौंको जमलस्थित चेम्बर अफ कमर्सको भवनमा ‘चेम्बर बजार’ सञ्चालन गर्ने भएको छ । महिला उद्यमी तथा व्यवसायीले उत्पादन गरेका वस्तुको बजारीकरण र व्यापार विस्तार गर्ने उद्देश्यले बजार सञ्चालन गर्न लागिएको हो । बजारमा खाद्यान्न, लत्ताकपडा, हस्तकलाका सामग्रीलगायत विभिन्न वस्तु बिक्रीका लागि राखिनेछन् ।