काठमाडौं । टोयोटा सवारीसाधन खरिद गर्ने ग्राहकले ७ वर्षसम्म ५.९९ प्रतिशत वार्षिक स्थिर ब्याजदरमा अटो लोन पाउने भएका छन् । नेपालका लागि टोयोटाको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट र एनआईसी एसिया बैंकबीच भएको सहकार्यअन्तर्गत यो सुविधा ल्याइएको हो । योजनाअनुसार ग्राहकले ऋण प्रशासन शुल्कमा २५ आधार अंकसम्म छुट पनि पाउनेछन् । बैंकको ऋण नीति तथा