काठमाण्डु – नेकपा एमालेका मनोनीत केन्द्रीय सदस्यहरूको शपथग्रहण शुक्रबार हुँदैछ । अपराह्न ३ बजे पार्टी कार्यालय च्यासलमा मनोनीत केन्द्रीय सदस्यहरुको शपथ ग्रहण हुन लागेको हो । हालै सम्पन्न एमाले केन्द्रीय कमिटी बैठकले विधान अनुसार ३३ जनालाई केन्द्रीय कमिटी सदस्यमा मनोनित गरेको थियो । विधानमा १० प्रतिशत मनोनीत गर्ने व्यवस्था अनुसार केन्द्रीय सदस्यहरु मनोनीत भएका थिए